दफा
सामुदायिक जीवनको अधिकार
(१) अपाङ्गता भएका व्यक्तिलाई अन्य व्यक्ति सरह समान रुपमा आफ्नो परिवार वा संरक्षकसँग वा आफूले छनौट गरेको बासस्थानमा बस्ने अधिकार हुनेछ र निजलाई कुनै खास स्थानमा बस्नका लागि बाध्य पारिने छैन ।
(२) अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्वक जीवनयापन गर्न तोकिए बमोजिम सहायक सामग्री तथा सामुदायिक सहायता सेवा पाउने अधिकार हुनेछ ।